भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

बादलका सपना / सुदीप पाख्रिन

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


एक हूल
बादलका सपनाहरु गुड्दछन्
नदीमाथिबाट — माथि.......माथि.........धेरै माथि
बन्दछन्
कठ्यांग्रिने — चिसो.........चिसो........ज्यादै चिसो
र, बर्सन्छन्......
घनघोर बर्सन्छन्......
निरन्तर बर्सन्छन्
हरिया बैंसहरु घाइते तुल्याउँदै
हरिया जिन्दगीहरु क्षत-विक्षत बनाउँदै

जमीनमा कतैं
जम्दछ काइ, लेउ—
चिप्लो...........चिप्लो..........एकदमै चिप्लो

— जिन्दगी —
आँखा नभएको
यहाँनेर आइ चिप्लिएर ड्वांग्राङ्ङ..... लड्दछ
अंधकार छिप्पिन्छ — बाक्लो..........बाक्लो............ झनै बाक्लो

शताब्दीयौंदेखिको
सभ्यताहरुदेखि टाढा
अंधकार र स्थिर कुवामा
भ्यागुताहरु चल्मालाएको भान गर्दैछन्

विगत सम्झिएर
र वर्तमान भोगेर
एक्लो, रित्तो यो कोठा
एक्काशी भक्कानिएर रुन्छ
कोठाको छतमाथि बर्सिरहन्छन् — बादलका सपनाहरु