भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
बुद्ध / प्रकाश सायमी
Kavita Kosh से
दरबार छोडेर हिँडेको ऊ
सिद्धार्थबाट बुद्ध भयो
अहिले दिनदिनै
घर छोडेर खाडी हिँड्छन् बुद्धहरू
फर्किँदा 'सिद्ध' गुमाएर
'अर्थ' बोकेर आउँछन् ,
कहाँ हराएछ , सिद्धार्थ ?
कहिले फर्किन्छ बुद्ध ?