भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

बुद्ध र पहाड / विमला तुम्खेवा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


मान्छे — रक्तउत्सव भएर
विशिष्ट पहाड उक्लँदै गर्दा
आफ्नै जस्तो लाग्ने बिरानो चौकमा
एउटा आस्था ढलेको छ÷ एउटा विश्वास मरेको छ

म—
बस्तीको उत्कृष्ट चौकबाट
आँसुले तरल–तरल बनेको —
बुद्धका आँखाहरु नियालिरहन सक्दिनँ
जीवनको अन्तिम प्रहारमा
संसार हेरिरहेको कुनै विवश पशुजस्तो
ठिङ्ग उभिएको बुद्धको सालिकमा
जीवन कति बेफिक्री छ
म— सोच्न सक्दिनँ
हिमाल भएर पग्लिनुको अर्थमा
नदी भएर बग्नुको अर्थमा
म — ढल्दै गरेको बुद्धको सालिकमा
पहाड भएर अग्लिएको छु ।