Last modified on 27 मार्च 2018, at 14:12

भँगेरा / विमल गुरुङ


मेरो अगाडि एउटा छत छ
अनि,
छतमाथि एउटा झोक्राइरहेको भंगेरो छ
सत्य हो कि असत्य
पक्कै हो कि अभिनय
बिचरो भँगेरो झोक्राइरहेको छ
सायद,
कुनै शिकारीले बिचराके पत्नीलाई
डोकामा छोपेर बन्दी बनायो कि
सायद,
पत्नीले पारेका फुलहरु
कुनै निष्ठुरी सर्पले खायो कि
आखिर जेसुकै होस्
बिचरो भँगेरा झोक्राईरहेको छ ।