भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

भीड र मानिस / सुदीप पाख्रिन

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


आजभोलि
मानिसहरुको भीडबाट
मानिस हराएको छ

भीड सल्याङबल्याङ
सल्बलिरहेका छन्
कुनै अर्थ बेगर
कुनै अस्तित्व बेगर
कुनै हुनु बेगर
भीड केवल भीड बाँचिरहेछ !
भीड मात्रै भीड साँचिरहेछ !!

आजभोलि
मानिसहरुको भीडबाट
मानिस हराएको छ

मानिस
आफूलाई खोज्दै
आफ्नो परिचय यताउता चहार्दै
भीडमा निसासिरहेछ
रपनि भीडमाथि भीड भइरहेछ
मानिस भीडमा अनुवाद भएर बाँचिरहेछ !
मानिस मानिसमै विवाद भएर बाँचिरहेछ !!

आजभोलि
मानिसहरुको भीडबाट
मानिस हराएको छ