भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

म पनि मान्छे हुँ / निमेष निखिल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

म पनि मान्छे हुँ तिमीले नचिने के लाग्छ
छातीभित्र मेरो पनि मुटु एउटा धड्किन्छ
मायाले नभए पनि हेरिदेऊ एकै नजर
तिम्रै सम्झनामा सधैँ मुटु मेरो चर्कन्छ।
 
मनभित्र पहिरो गयो व्यथा अझै गहिरो भयो
वेदनाले आकाश छोयो नसोध मन कति रोयो
चारै दिशा तिमीलाई खोजी आँखा रित्तै फर्कन्छ
तिम्रै सम्झनामा सधैँ मुटु मेरो चर्कन्छ।
 
देउरालीमा पाती छरेँ लेकबाट बेसीमा झरेँ
तिमीलाई पाउने चाहना गरेँ म त हेर जिउँदै मरेँ
आज पनि आँखा पापी साउन बनी दर्कन्छ
तिम्रै सम्झनामा सधैँ मुटु मेरो चर्कन्छ।