भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

म पर्खिरहुँला / दैवज्ञराज न्यौपाने

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


१.
टाढा टाढा फैलिएका आशाहरू
सुन्दर कल्पनाले नित्याएका
पवित्र भावनाहरू
अनि भविष्यका सुनौला सपनाहरूलाई
समुद्रको धीरताले
नदीको प्रवाहलाई पर्खिरहे झैँ
म पर्खिरहुँला।

२.
आलस्य र कातरताको बीचमा होइन,
खालि उत्साह र उमङ्गको माझमा
अन्याय र अत्याचारका विरुद्ध
रीस र डाहका विरुद्ध
दुःख र दर्दका विरुद्ध
सत्यं, शिवं सुन्दरम्लेू घेरिएको
त्यो पवित्र दिनको
शुभागमनलाई
म पर्खिरहुँला।

३.
साँझमा विछोड भएकी चखेवीले
रातभर तड्पी तड्पी
आफ्नो प्रियतमको दर्शनलाई पर्खिरहे झैँ
बितेका यी दिनहरूले
आफ्ना औँलाहरू गन्दै गन्दै
गरीव र धनीको एकै मागमा
उच र नीचको एकै भावनामा
र न्याय र अन्यायमा पनि
काम अनुसारको ठीक ठीक माम लिई
त्यो आइरहेको दिनलाई
म पर्खिरहुँला।

४.
ए मेरा पछाडि आउने साथीहरू !
जीवनका प्रत्येक सुख र दुःखलाई
विगतको यादमा पुर्यािएर
यी अनेक घटनाहरूलाई
परिस्थितिको चालमा दौडाउँदै
स्नेहको तार लम्याएर
तिमी आउने बाटाबाटामा
म पर्खिरहुँला ।