भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

म यो स्वतन्त्र भूमिको कैदी / अभय श्रेष्ठ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

म यो समयको अपराधी
जसलाई बिनाकसुर सजायका लागि
यो समय सिफारिस गरिरहेछ ।

म राष्ट्रिय नाटकको दुःखी चरित्र
जो शक्ति संर्घष मा
माथवरसिंहझैँ मारिने खतरा हरदम झेलिरहन्छ
म यो नागरिक समाजको मारुनी
जो सधैँ जीवनको सौर्न्दर्य गुमाएर पनि
सम्पर्ूण्ा अधिकार बलिदान गरेर पनि
प्रजातन्त्र भोगेको नाटकमा प्रदर्शित हुन्छ ।

मेरो शरीरलाई
पसल थापेर सजाइएको छ सोकेशमा
चिकेन कटलेटजस्तै
फ्राइ गरेर पस्केका छन् मेरो मुटुका टुक्राहरू
रगत, हो मेरो रगत
जसलाई यो देशको
प्रत्येक बाटो, दोबाटो र गल्लीमा
स्वागतको कार्पेटझैँ बिच्छ्याएका छन्
बिक्रीमा राखेका छन् मेरा हातपाउ यो देशका शासकहरूले ।

म यो समयको अपराधी
जसलाई बिनाकसुर सजायका लागि
यो समय सिफारिश गरिरहेछ
म यो स्वतन्त्र भूमिकै कैदी
फोड्न चाहन्छु शक्तिशाली व्रि्रोहको मुहान यो समयविरूद्ध
च्यात्न चाहन्छु दुर्यतिको विधान
जसले प्रत्येक पल
धुजा-धुजा पारेर फालिरहेछ मलाई ।

म दुर्भाग्यको दास बन्दा बन्दा
दुर्भाग्यका विरूद्ध व्रि्रोहमा उत्रिएको एउटा योद्धा ।