भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मनको कुनै कुनामा / ईश्वरवल्लभ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

मनको कुनै कुनामा के भो भनेर हेर्दा
घाउ दुखेको पाएँ तिमीले छोएझैँ गर्दा

कति गीत भाँचिएर कति शब्द टुक्रिएर
भाषा बनेको पाएँ तिमीले हेरेझैँ गर्दा

अञ्जानमा आएँछु म आउनु नपर्ने बाटो
बाटो भूलेको पाएँ तिमीले भूलेझैँ गर्दा

माला पनि बनेनन् केही फूल पनि बनेनन्
व्यथा बनेको पाएँ तिमीले उनेझैँ गर्दा ।