भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

माघको खुलेको बिहान / लक्ष्मीप्रसाद देवकोटा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

क.
क्या खुल्यो बिहान आज !
नीलिमाले फाली
कल घुम्टो जाली !
 
ख.
वाल्मीकिको हृदयतुल्य व्योम निर्मलायो !
अभिराम क्या यो !
रात प्रातः आयो !
क्रौञ्चरुधिर थोर बेर नभमा छिर्बिरायो !
दिविमा जन्म ली दयाले !

करुण छन्द भै सुवर्ण ज्योति–लहर आयो !
कुँज्छन्हृदय डाली !
दर्शनभिलाषीलाई दिव्य देव प्रकट ्हुन्छन
उक्ले अंशुमाली !
 
ग.
भस्मीभूत दिन–चरी उड्छ भै सुनौला !
मानवी भविष्यको यो गाउँछ गान नौला !
एक अचल–चित्र तरुले औंला एक उचाली
अमृत रश्मि नै इशार्छ, सिद्ध निज समलाईधि
लोक निम्ति फाली !
रश्मिलाई बुन्न दिन्छु
दिलमा, भावजाली

घ.
प्राततारा ब्रह्मा अल्पे
जसले सृष्टि कल्पे
एक सफा डफ्फा बकुल्ला पौडिए उज्याली !
जीवनीका गतिका सुखका जीव–पङ्ख चाली !
खोजको आरम्भ हुन्छ
चल्छ जगत्, आफ्ना पयर
सडकमा उचाली !

ङ.
द्रुम शिखामा छवि–हङ्ग प्रथम झरेर बसे !
गुप्त इन्द्रधनुष ध्वनिको गुन्जन गाएर खसे !
मेरोभित्र चिडिया लाग्यो कुर्लन,ख्पङचाली ।

च.
स्वर्ग झर्छ, पृथिवी छिन्,्उड हिमालचुलीमा भेटी !
चुंबिदा छन्, लाल मदिर–अधर, अँगालो हाली !
अब सँभालिएर बस्छन्, मुस्केर हेर ! साथ,
प्रातःको कहानीालीह ! ऊष्म रङ्ग फाली !
 
छ.
सृष्टि लाउँछे वसन सुन्दर,
मधुर मातले छाली !
चञ्चले भाउले चाली !
पाँच द्धारबाट घुस्दछ उदय–सङ्गीत–धारा !
पन्छी मान्छ पिंजरा सन्चो,
दोर्‍याउँछ गीत ती सास !
 
ज.
धुस्नो सुकुलमाथि कवि छ, छिया छ पराल जालो !
एक–सिङ्गी गाई साथ लँगडो कुकुर खालि !
सुख हो भन्छौ जिन्दगी यो,
किरण आँगमा हाली !
 
झ.
मृत्यु चिसो हुन्छ भन्छन्,
तातो अमृत थाली !
झारपात भज्न लागे गायत्रीको मन्त्र,
किरणतर्फ आफूलाई माटोमा उचाली !
ए वरेण्यं भर्गस्! विता !
प्रेर भन्छु आत्मलाई, जहाँ, छौ ज्योतिको थाली !
विनत छु, सिकाऊ देव !
जित्न मृत्यु जाली ।