भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

माने काका / अबीर खालिङ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

बारीको डीलमा उभिएको उत्तीसको रुखसंग
माने काकालाई बह पोखाउन
मन लागेको छ ।

डब्लु डब्लु डब्लु डट कम मानबहादुर कार्की लग अन गर्दा
किन नपाएको होला उसको पेज ?
एउटा चोली र गुन्युको मात्र सपना देखने
आफ्नी स्वास्नीको अरु केही सपनाहरू थिए कि ?

हातमा समयले थमाईदिएको ल्यापटप बोकेर
बुढो उत्तीसको रुख हेर्दै
माने काका डुली रहन्छ साइबर जंगलमा ।
कुवैतको सम्पन्न बलौटे माटोबाट
छोरोले फेसबुकमा लेखेछ
घरबारी उकास्ने कुराहरू / देखेका सुख सपनाहरू ।

बुहारी नाती जन्माएपछि
शहर पस्छु भन्दैछे
कुखुराहरू / बाख्राहरू कोही हुँदैन शहरमा
एक्लो हुनुको भयले सार्है त्रस्त छ ।
उत्तीसको बुढो रुख रोपिदिने
बराज्यूको सपनाहरू किन सुरक्षित छैन ?

डाटाको महा जंगलमा पनि
किन भोको छ हाम्रो प्यास?
माने काकाको चार कोरी उमेर ले सोधेको छ –
‘खोई कहाँ छन हाम्रा चेप्ज्यूका ओभानो गीतहरू?’

फेसबुकमा देखेको छ उसले
छोरोको अनुहारको किताब /
कति रंगहीन ।