भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मान्छेको स्वर / दुर्गा दाहाल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

स्वर त ढुङ्गाको पनि हुन्छ
कोइलीजस्तै
लोभलाग्दो
मलाई मान्छेको स्वर नै किन मीठो लाग्छ ?
मुर्दाघारीमा एक दिन पाषाणमाथि
मैले आँखाहरूमा सलाम गरेँ
कसले बसालेछ बस्ती पनि मुटु छेड्ने
पाषाणभित्र अप्सरा देखेँ
स्वर त ढुङ्गाको पनि हुन्छ
कोइलीजस्तै
लोभलाग्दो
मलाई मान्छेको स्वर नै किन मीठो लाग्छ ?
आफूलाई गुफामा खाँदेर छोड एक पटक
तिमी के छौ ?
चुपचाप… शून्य ।
छोएर जाने स्पर्शलाई सोध ।
तिमी कति अग्ला छौ ?
स्वर कस्तो छ ?
स्वर त ढुङ्गाको पनि हुन्छ
कोइलीजस्तै
लोभलाग्दो
मलाई मान्छेको स्वर नै किन मीठो लाग्छ ?