भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मुटुभित्रै तिमी रैछौ / रवि प्राञ्जल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

मुटुभित्रै तिमी रैछौ अँगालोमा खोजेँ
चेतनामै तिमी रैछौ दियालोमा खोजेँ

बिना रात आकाशमा उदाउँदैन जून
सारा जीवन तिमीलाई उज्यालोमा खोजेँ

आफू जस्तै तिमीलाई ठान्नु भूल थियो
उँधो झर्न बिर्सिएर उकालोमा खोजेँ

मन्दिरमा खोज्छन् मान्छे ईश्वरको बास
मैले आफ्नै कलम र कोदालोमा खोजेँ

हराउनुको पीडाभित्रै हराएँ म शायद
आफैंलाई गजलको यो भैँचालोमा खोजेँ