भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मुठ्ठी / विमल गुरुङ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


फाटिन्छन् भने आकाश फाटियोस्
च्यातिन्छ भने
पर्खाल च्यातियोस्
उठाऊ मुठ्ठी !
जोशले कस्सिएको मुठ्ठी !
फरकाएर मुठ्ठी आकाशतिर
देऊ चुनौती आकाशलाई
बन्द ओंठहरु खोल
प्यारालाइसिस पञ्जाहरु कस
चिच्याऊ !
कराऊ !
चिल्लाऊ !
सडकको पोखरीमा पौडी मार हुल कसेर
म तिमीहरुको साथ हुनेछु
म हेर्न चाहन्छु
तिमीहरुका खुल्ला दाँत ।