भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मेरा हर दृष्टिहरूमा / सुरेन्द्र राना

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


मेरा हर दृष्टिहरूमा तिम्रै मात्रै मुहार देख्छु
त्यसैले आजकल म गीतहरूमा
कहीँ तिम्रो आँखा लेख्छु
कहीँ तिम्रो अधर लेख्छु

अब मेरो विपना, तिम्रो आखाको आँसु पुछ्नु हो
अब मेरो कल्पना, तिम्रो अधरमा हाँसो देख्नु हो
त्यसैले आजकल म भाखाहरूमा
कहीँ तिम्रो आँसु गाउछु
कहीँ तिम्रो मुस्कान गाउछु

अब मेरो चाहना, तिम्रो जीवनमा काँडा छेक्नु हो
अब मेरो कामना, हर पाइलामा साथ दिनु हो
त्यसैले आजकल म पूजाहरूमा
कहीँ तिम्रो माया माग्छु
कहीँ तिम्रो विश्वास माग्छु ।