भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मेरो आकाश / मनप्रसाद सुब्बा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

मभित्रबाट उठेको सास नै मेरो आकाश छ माथि
जसलाई तिमी
आफ्नो बिल्डिङको छतमाथि टाँगेर
गर्वसाथ गफ हाँक्न चाहन्छौ

तर कता हो कता माछि छ मेरो आकाश
तिम्रो
गफभन्दा

मेरो चिम्से आँखामा हेर त
त्यहाँ छ मेरो आकाश

अब सुन मेरो आकाशको आकाशवाणी...


                                                     (१० अगस्ट २००८)