Last modified on 27 मार्च 2018, at 15:44

मेरो बक्तब्य / विमल गुरुङ


ढुंगा फोर्नुपर्छ भने फोर्छु
जनताको लागि भोगिरहन्छु कष्ट
नसम्झियोस यस्लाई भ्यागुता ।

जनताको आँसु मेरो आँखामा आँसु हो
चाहन्छु म देख्न
जनताको ओंठमा बिजयपूर्ण मुस्कुराहट ।

जनता प्रति बिश्वासघात गर्न सक्तिन
यातनाको आकाश खसोस् ।

जनता प्रति मेरो प्रेम छ
यो तराजुमा जोखिंदैन
जनता म बिर्सन सक्दिन
आँखा भरि जनता
रातभरि जनता ।

जनता माथि छुरी
मेरो आमा माथि बलात्कार हो ।