भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

यी सतह र तहहरूका ताँती ... / केदार गुरुङ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

भावहरूले शब्दहरूसित आश्रय मागिरहेछन्
शब्दहरू पनि विषयहरूसिते भूमिगत भएर
नितान्त नौलो कार्यहरूको अभियानतिर अग्रसर भएझैँ
         - कुनै एउटा सृजनाके संगठनमा संलग्न छन्।
त्यो घर कि, सडक भएर उता जाने सबे अर्थहरूले पनि
व्यक्तिगत अनुभूति र बुझाइके दर्शन अभिव्यक्त गर्दछन्
हरेक पुस्ता र युगले पनि समयके प्रतिस्पर्धा र
                     अनुशरण गर्दै -
मानिसहरूलाई सधैँ –
शताब्दी र सहस्राब्दीहरू मनाउन बाध्य गराइरहेछन्।
कति युग-पुरुष र काल-पुरुषहरुको औसत आयुलाई पनि
         - यी दिवस र प्रति-दिवसहरुको पालन गरेर
         - उमेर र स्थलहरूको महत्व घटाइरहेछन्।
अनि धेरै आततायी जस्ता मन र व्यवहार भएका
ऐतिहासिक दिग्गज-पुरूषहरूको विरूद्ध र विकल्पहरूमा
थोरै मानवीय चेतना र चरित्रहरूले ओत-प्रोत भई संघर्ष गरेरै
मानव-क्रम र विकासवादको माइल खुट्टी झैँ
प्रत्येक आगत र विगतलाई पनि
वर्तमानसित गठजोड गराई
अनेक संगत र विसंगत स्थितिहरूले पनि बाटो कटाएर
धर्मशाला र चौतारीहरू निर्माण गराएका छन्।
निर्माण र निर्वाण पनि सिद्ध गराएका छन्।