भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
यो घडी / दुर्गालाल श्रेष्ठ
Kavita Kosh से
ठाडो तीरको टुप्पोमाथि टेकिरहेको छु,
दुख्छ, धेरै–धेरै दुख्छ
तर सहिरहेको छु, सहन सकिरहेको छु।
जहाँबाट
जति पनि मेरा आफ्नाहरू छन्
तीमध्ये
को–को छोरा र को–को अरूका घोडा हुन्
छर्लङ्ग देखिरहेको छु, देख्न सकिरहेको छु
ठाडो तीरको टुप्पोमाथि टेकिरहेको छु
दुख्छ, धेरै–धेरै दुख्छ
तर सहिरहेको छु, सहन सकिरहेको छु।
योघडी
आह । यो प्राञ्जल पीडा
हो, यही हो मेरो हुनु।
नखलबल्याइदिए हुन्थ्यो, बिन्ती ।
अहिले म, मलाई नै पाइरहेको छु
म, मलाई नै सुमसुम्याइरहेको छु
ठाडो तीरको टुप्पोमाथि टेकिरहेको छु
दुख्छ, धेरै–धेरै दुख्छ
तर सहिरहेको छु, सहन सकिरहेको छु।