भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

लाली लठ्ठ लोलियो / वसन्त चौधरी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

यौवन छचल्किन्छ
मन मेरो सल्किन्छ
तिमीलाई बाहुपाश लिन
जीवन ससल्किन्छ

तिम्रो धारिलो मुस्कान
मुटुमा पहिरो जान्छ
थाहा छैन यो माया
कतिकति गहिरो जान्छ

आजको दिन त तिमीले
नाइ भन्नु हुँदैन
आजैको एक दिन हो
मन कहिल्यै रुँदैन

तिम्रो मेरो मिलन
क्षितिज-धर्ती झैँ नहोस्
आज साथमा बसौँ
पृथ्वी घुम्न रुकोस्

आकाशको सब लाली
आज तिम्रो अधरमा बस्यो
लाली लठ्ठ लोलियो
ओठले जादु गर्‍यो

म स्वप्न छरिबसेँ
तिमी आई सजाइदेऊ
आज म तिमीलाई हेर्छु
तिमी अलिक लजाइदेउ