भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

लोकप्रिय / सविता गौतम दाहाल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


तिम्रो नामको सूमधूर धुनसगैं
जीवन मीठो गीत गाइरहन्छ
संझनाको पारिलो जुनमा
मुस्कान कोहिनुर जस्तै जगमगाईरहन्छ ।

अध्यारो होस या उज्यालो
अनुहारका रेखाहरुमा
अनगिन्ती सिद्धान्तहरु देखिरहन्छ
नयां नयां प्रस्तावना लेखिरहन्छ ।

हरक्षणको मुहारपाना
प्रसिद्ध पुस्तकझैं डुबेर
एकोहोरो पढिरहन्छ
अक्षरहरुमा भिजीरहन्छ ।

लिओनार्दौझै हरेक विधामा
तिमीलिाइ बुझ्न, आपसेआप मस्तिक नाचिरहन्छ
शताव्दीऔं देखिका असंख्य
कोठाहरुमा चक्कर कांटिरहन्छ ।

आफ्नो हृदयको फराकिलो
क्यानभाषमा सुन्दररंगहरुले
संभावित चित्रहरु कोरिरहन्छ
सजीवता दिने अथक प्रयास ।

निश्चितताको खोजी
घरि डार्विनसंग तिमीभित्रको विज्ञानलाई पाउंछ
घरि पिकासो त घरि स्वामिविवेकानन्द संग
भलाकुसारी गरिहन्छन . तिम्रा भावहरु ।

हरेकसंग तिमीलाई दांजीरहन्छ
शोधको समाप्ति
तिम्रो आफ्नै मौलिक अस्तित्व
प्राप्तिमा गएर टुंगिन्छ ।

तिम्रो नामको सुमधुर धुनमा
जीवनले लेखेको गीत
सर्वत्र लोकप्रिय हुन्छ ।