भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

वसन्तको गरागरा / गीता त्रिपाठी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

वसन्तको गरागरा
मनको बारी हराभरा
भोक, निन्द्रा केही छैन
सपना छन् तरह तरह
के भो मनलाई
गाह्रै पर्‍यो यसै भन्नलाई
 
फूलसँग हासूँ जस्तो
कोइलीसँग गाऊँ जस्तो
हल्काहल्का चाल मेरो
लहरा भै नाचूँ जस्तो
के भो मनलाई
गाह्रै पर्‍यो यसै भन्नलाई
 
पाउजू बोल्छ छमछम् छमछम्
चुरा बोल्छ छन् छन्
कुन्नि कस्लाई सम्झिएर
मात बढ्छ झन् झन्
के भो मनलाई
गाह्रै पर्‍यो यसै भन्नलाई