सँगसँगै रहिरह्यौँ,
हामी न निदाएका थियौँ न त पूरै ब्यूँझिएका।
हामी दुबै सँगसँगै भएको थाहै भएन हामीलाई
पूर्ण थियो मौनता,
थिएन शरीर हामीसँग।
सुनिँदैन थियो बोलाएको
न त अनुहारै देखाएथ्यो बोलाउनेले।
तर ए, मेरा प्रिय,
उपहार थियो त्यो शायद,
हाउभाउविहीन सनातन अनुहारको
र कुनै सीमाविहीन साम्राज्यको