भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

विमानमा / ज्योति जङ्गल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


म मुन्तिर
कुदिरहेछ सेतो बादल
हिउको पहाड बोकेर
यो गति
बाघ देखेर भाग्ने मृगहरुको जस्तै छ।
 
चराजसरी उडिरहदा
बेफिक्री म
ओर्लिरहेछु बादलकै थुम्काबाट
उक्लिरहेछु बादललाई समातेर बादलसम्म
कि बादल भन्दा पर अब कतै मेरो दुनिया छैन।
  
यी बादलले
लुकाएका छन् पृथ्बीलाई
र जिस्काइरहेछन् घामलाई,
जहिले जतापनि देखिने
क्षितिज बादलमै लुकेछ कि !
 
लगिदिएछ बादलले
कतै मनमा वितृष्णाहरु थिए कि !
सपना
संघर्ष या तिर्खा थिए कि !
केवल हृदय बाँकी छ,
 
धोएर मनको आचल
कति छिटो भागेछ
हिमाली चिसो हुत्याउँदै
यो गति !
एक झुल्को प्रकाश जस्तै,
 
बादल त अघि नै
म भन्दा माथि गइसकेछ
चराबाट मलाई मान्छे बनाएर
यतिखेर यथार्थ
विमानबाट ओर्लिरहेछ।