वियोग / गोपाल सिँह नेपाली / कुमार घिसिङ
(७५)
चढ़ी आएथ्यो दिन माथिसम्म, थियो बेला दिन पहरको।
तप्त पारिरहिथी वसुधालाई खुप तेज किरण दिनकरको।।
आई बसी थिई मृदु शीतलता छायामा तरुवरको।
लिन्थ्यो विश्राम त्यहीमाथि चराहरू कानन – भरमा।।
(७६)
शीतल तरु – छायाका तला सुन्दर पल्लव – वनमा।
बासिरहेथे दुवै चरी बसी पर्ण – सदनमा।।
अन्तस्थललाई छुने गरी उठ्दथे बोली पवनमा।
भर्दथे मृदु उल्लास प्रेममा, मंजुल मदनमा।
(७७)
यस्तैमा पश्चिम क्षितिजबाट धुलो उड्यो गगनमा।
गयो पश्चिमी पवन बेगसित उड्दा – उड्दै नन्दनवनमा।।
हाहाकार मच्चियो वसुधामा, वनमा सबको मनमा।
अरे, कस्तो आपद आउँदैछ अब यस जीवनमा।।
(७८)
जरा हल्लिए, वन – तरुवरको, यस्तो आँधी आयो।
वसुधाको कुना – कुनामा घोर कालिमा छायो।।
कता – कता उड़ी गए पातहरू, केही देख्न नै पायौ।
डालाहरू भाँचिई खसे घरामा, खिलेको कली मुर्झायो।।
(७९)
थिएन ठाउँ केही पनि तरुको सानु हाँगामा।
तैपनि बसी वनरानी कुनै सूरत त्यस घरमा।।
बस्न सकेनन् तर वनराजा त्यस पर्ण – हीन तरुवरमा।
आँधी आई लगे उड़ाई त्यसलाई हाय, पल – भरमा।।
(८०)
पवनले उड़ाई जता लगे बेगले, उतै उड़े चरी पनि।
पवन गए जतातिर मुड़े रूख उतै, उतै मुड़े चरी पनि।।
पवनले पार गरी गए, बाटिका, प – पर भए चरी पनि।
पवन लागे परदेश, साथ तयार भए चरी पनि।।