भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

शासक र जुत्ताहरू / चन्द्र गुरुङ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

शासकहरू

आफ्ना भद्दा खुट्टाहरूलाई
थरी-थरीका जुत्ताहरूले छोपेर
सुरक्षित अनुभव गर्छन् ।

जुत्ताहरू पनि
शासकका पाउमुनि बाँच्न पाएकोमा
आफूलाई सौभाग्यशाली ठान्छन्
मालिकको सेवामा समर्पित भएर
ठूलो आनन्द प्राप्त गर्छन्
र बनेर अन्धभक्त
जप्छन् रात-दिन यी मालिककै नाम ।

यी शासकहरू
भारदार जुत्ताहरूको आडमा
कसैलाई पनि टेर्दैनन्
मतियार जुत्ताहरूको भरोसामा
कसैसित पनि डराउँदैनन्
र बजार्छन् लात्ती
कलिला सपनाहरूमाथि ।

यी जुत्ताहरू
ग¥याप् ग¥याप…
टेक्छन् निर्दोष जीवनहरूमाथि
र किच्दै हिँडछन्
बाग-बगैँचामा सुन्दर फूलहरू ।

तर एउटा कुरो-
यी शासकहरू
जे-जति अन्याय र अत्याचार गर्छन्
जुत्ता लगाएर मात्र गर्न सक्छन्
जुत्ताबिना त यी शासकका नाङ्गा खुट्टाहरूले
एक कदम पनि हिँडन सक्दैनन्

साले शासकहरू !