भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

सत्यम्-शिवम्-सुन्दरम् / हर्कजङ्गसिँह छेत्री

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

बुझ मृण्मय हुँ आने चिन्मय हुँ ।
भय मानव दानवको पनि हुँ ।।
चिर दुर्जय अक्षय अव्यय हुँ ।
अनि आदि अनादि अनन्त म हुँ ।I१।।

जगदीश्वर ईश्वर नाम म हुँ ।
अवतार विराज विराट म हुँ ॥
परमेश गणेश महेश म हुँ ।
अनि स्वर्ग र मृत्यु रसातल हुँ ॥२॥

बुझ, काल महा विकराल म हुँ ।
अनि जाल विशाल कराल म हुँ ।।
अति धन्य र मान्य र पुज्य म हुँ ।
कुम 'सत्य', 'शिव' अनि 'सुन्दर" म हुँ ।।३।।