भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

सबल्टर्नको शिर / मनप्रसाद सुब्बा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

'Can the subalern speak ?'
                                   - Gayatri Spivak
उनीहरू सधैँ
सबल्टर्नको गह्रुङ्गो हेल्मेटले
मेरो टाउको थिचिराख्न चाहन्छन्।

हेल्मेटदेखि मास्तिर
आफ्नो आकाश छ कि छैन
यो थाहा हुनुहुँदैन सबल्टर्नलाई !

हुकुम मेरो कुममाथि चढेर
कति हुर्मत लिइसक्यो
हिसाब छैन ।

हुकुम हाँक्नलाई
सबल्टर्नको छातीभित्रबाट पनि
कुनै गहकिलो आवाज निस्कन सक्छ ?

आह ! सबल्टर्नको सेलूट
कत्ति शानदार ! कति स्वादिलो !
सेलूट थाप्नेहरू भित्रभित्रै गर्वित भइरहन्छन् ।

अरे ! तर आज के भो ?
त्यत्रो मोटो हेल्मेट छिचोलेर
दूबोहरू हरियो बुरूरूरू बाहिर निस्केका छन् ।

फलाममुनि वर्षौँ दबिएर पनि
नमरेको विचारको दूबोहरू ऐले
आफ्नो बण्डामा पर्ने आकाश सुम्सुम्याउँदैछन्

अब घुइँक्याइदिन्छु यो हेल्मेट
मेरो आकाश मसम्म ओर्लिसक्यो
मेरो शिरलाई मायाले मुसार्न
                                              ( २६ जुलाई २००८)