भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

सबै पीर गर्छन् / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

सबै पीर गर्छन्, अहिले यस्तो ठानी
तिमी साथ भए, मेरो सुध्रिन्थ्यो बानी ।

सधैँ नै छु म त मदहोश यस्तै
मातेको मात्यै भयो जिन्दगानी
तिम्रो अँगालो मेरो साथ भए
दुवै मातिनेथ्यौँ, या सुध्रिन्थ्यो बानी ?

तिम्रै मातले गुमाउनेथ्यो होश
यौवनको मात, प्रीतको नानी
नपिएरै रक्सी मात्तिई हिँड्ने थियौँ
झनै बिग्रिनेथ्यौँ, के सुध्रिन्थ्यो बानी !