भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

सबैबाट तिरस्कृत भए तापनि / वीरेन्द्र पाठक

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


सबैबाट तिरस्कृत भए तापनि
सबलाई माया गर्ने म मान्छे
तिमीले लत्यायौ तर अझै पनि
तिमीलाई सुखी चाहने म मान्छे।

बाँड्न खोजेर आफ्ना खुसीहरु
भन मैले कति के अपराध गरेँ
तिम्रो हृदयको परिवेशभित्र
अड्न चाहेर किन बरबाद भएँ।

कहानी मेरो यो मेटिदियौ तिमीले
भन बाँच्दैमा मैले के आघात पुर्याएँ
सबैको मन हेर उस्तै न हो
हाँस्न चाहँदैमा किन अपवाद भएँ।