Last modified on 6 अगस्त 2016, at 01:34

सारङ्गीको धूनले / किरण खरेल


सारङ्गीको धूनले, भन्छ मेरो मनले
अब नाचिदेऊ छम छम छम
तिम्रै सपनीले तिम्रै मोहनीले
मलाई बाँध्यो नि झन झन झन

भन्न लाज लाग्छ बोलिदे न फूल
लुकाएका इच्छा खोलिदे न दिल
ढुकढुकी सुन न मलाई चिन न
ए मेरो हजुर!

तिम्रो छेउ सधैँ निदाउन पाऊँ
केही चाहिँदैन तिम्रै हुन पाऊँ
मायालु चुनेको बरमाला उनेको
ए बुझेँ हजुर!

हरियाली सारा फिका जस्तो लाग्छ
तिमी मेरो सिन्दुरटीका जस्तो लाग्छ
छन्छनी यो चुरा बोल्दछ के कुरा
ए बुझ हजुर!