भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

सुस्केरालाई सुसेली / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

सुस्केरालाई सुसेली छातीको पीर हाँस्दैछु
यहाँ सहज के छ र जीवनको भीर बाँच्दैछु

आँखा चर्किए झैँ लाग्दछ ठोक्किई मुटुको चोटमा
छाती भत्किए झैँ लाग्दछ सधैँ आजको सोचमा
एकैपल चैन कहाँ छ खुसी भोलीलाई साँच्दैछु
यहाँ सहज के छ र जीवनको भीर बाँच्दैछु

साहसको डिल बगाई समयले लाँदैछ
रहर कहाँ राख्नु र यो मन धमिलो हुँदैछ
भाग्य चोइटेका टुक्रालाई बटुलेर गाँस्दैछु
यहाँ सहज के छ र जीवनको भीर बाँच्दैछु