भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

स्मृतिका पौडिबाजहरू / गीता त्रिपाठी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

पौडन्छन् जब भावनाभरि
स्मृतिका पौडिबाजहरू
कञ्चन स्वीमिङ् पुलजस्तो मेरो मनमा
एकाएक उठ्छन्
सयौँ तरङ्गहरू ।
 
हल्लिरहेको पानीमा
म ठम्याउन सक्दिन आफ्नै आकृति
टुक्रा-टुक्रा विभाजित सतहमा पनि
भन,
कसरी आयौ ?
तिमीचाहिँ सिङ्गै
मेरो सम्झनामा ?