भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

स्वदेशको सपना / गीता त्रिपाठी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

स्वदेशको सपना विदेशमा पाल्न
गाह्रो भयो चुहिएको गहलाई टाल्न
 
नदेखेझैँ गरी हिड्थेँ स्वदेशको आफ्नो काम
नगरी त्यै पाइँदैन विदेशमा मामदाम
 
लाज लाग्थ्यो आफ्नो पाइला सीधा बाटो चाल्न
गाह्रो भयो चुहिएको गहलाई टाल्न
 
दुःख गर्न मन लागेन आमालाई बटाइँनँ
धनको खाँचो, तानी ल्यायो स्वदेशमा अटाइनँ
किन आउनुरै'छ विदेश व्यर्थै ज्यान फाल्न
गाह्रो भयो चुहिएको गहलाई टाल्न
 
अहिले बुद्धि फिरेको छ, पछुतोले बेरेको छ
जताततै जालसाजी, छलछामले घेरेको छ
स्वदेशमै सल्कूँ बरु ढुङ्गेदिल गाल्न
गाह्रो भयो चुहिएको गहलाई टाल्न