भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

हर रात सपनीमा / विप्लव प्रतीक

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

हर रात सपनीमा ऐँठन हुन्छ
गाउँमा सायद पहिरो गयो कि

डाँडापारिको घामलाई हेर्छु
आमा र बाबा सम्झिरहन्छु
गाउँ छोड्दा बिझेका काँडा
परदेशमा बसी झिकिरहन्छु
दिन रात सहरमा झरी पर्छ
गाउँमा सायद खेतै बग्यो कि

उडिरहने चरीलाई हेर्छु
घरको समाचार पर्खिरहन्छु
लेक बेसी देउराली डाँडा
परदेशमा सम्झी तड्पिरहन्छु
हर साँझ सहरमा हुरी चल्छ
गाउँमा सायद छानै उड्यो कि

शब्द - विप्लव प्रतीक
स्वर, संगीत - दीप श्रेष्ठ
एल्बम - दृष्टि