भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

हाम्रो भैंसी बूबू दिन्छ / युद्धप्रसाद मिश्र

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

कहिले खेल्दछ पानीभित्र
कहिले चर्दछ उता चौरतिर
गोठभित्र गई सुत्दछ राती
हाम्रो भैँसी कस्तो जाती

यसकै गोवर बोकी बोकी
दिन्छिन् आमा मकै फलाई
यसकै गूँइठाबाट उज्यालो
पार्छिन् घरमा बत्ती बलाई

हाम्रो भैँसी बूबू दिन्छ
बूबू चाहिँ अरुले किन्छ
अनिपछि ढिँडो निस्तै हुन्छ
बहिनी रुन्छे भाइ रुन्छ