भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
हावामा बहकिन्छु कहिले / ईश्वरवल्लभ
Kavita Kosh से
हावामा बहकिन्छु कहिले
फूल याद आउँछन्
कहिले क्षितिज कहिले घाम
साँझ याद आउँछन्
किरणको सुगन्ध हो कि
प्यारको बस्ना हो
गीत शायद बिर्सिसकेँ
नाम याद आउँछन्
मोहको कथा नै यही हो
भाँचिने र टुट्ने गर्छन्
भुलेको पनि झैँ सम्झेको पनि झैँ
क्षणक्षण याद आउँछन्
कतै देखेको छु तिमीलाई
झझल्को याद आउँछन्
सँगसँगै हिँडेका
पाइला याद आउँछन्