भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

हे बरै / सरुभक्त

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

म अग्निपर्खाल चढेर
संसदीय चोरबाटासम्म आइपुगेको छु
वायोनिक – यान्त्रिक माछाहरू
रोयल डिस्कोका भिडन्तहरू
आउ, मुखमा सुइरो रोपी हिडौं

सांघातिक आक्रमणहरू सामान्य छन्
वेरुजुमा परेको देशः कथित वन्दहरू खुल्ला छन्
हामी मिशनरीहरूका मिशनहरू
देशमा के–के अफापसिद्ध भएको छ
फापसिद्धहरू ?
हुइयाँ ! हुइयाँ !
हामी ऐतिहासिक डार्विनवादीहरू
राजाको काम कहिले जाला घामवाट
जनताका काम
सबै मेरो मामतर्फ विवर्तित छौं

अधियाँ जिन्दगी; खोई के गर्दैछन्
जीव्रो काटिएका भक्तराजहरू ?
थुक्क नियति !
धेरै भएपछि अग्निपरीक्षा पनि
पानी परीक्षा हुन्छ हौ
संकटग्रस्त इजलासः टाउकाका ताराहरू सस्तै छन्
जाउँ, छापामार तालिमगर्न
खेतमा मुसाहरूको विगविगी छ

‘जिमजाने होइन सोम के हत्याहिंसा पढिरहेको !’
यो कुरा स्वयंसिद्ध छः पृथ्वीमा शोषणको
अन्त्य हुँदैन शोषणको रुपमात्र फेरिन्छ
हे बरै झलकमान !
कस्ले पो सोध्लिन् र खोई को–को
के–के भन्लिन् ? …