भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

अकृतकाम / ओकिउयामा ग्वाइन

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


एक्लै म हिँड्दछु घुमी
पर्वत कन्दरा नाघी
चिच्याउँदै हेर्छु
तिमी कता रहेछौ लुकी !

फाल हाली समुद्रमा
रत्‍नगर्भा-गर्भमा
मणि-माणिक्य मोतली
कति रत्न देखें

मानिसका भीडमा नाना रुप भट्टाएँ
आकाशपथमा हिंडी
महाशून्य छामें
केही पनि राखिनँ बाँकी ।

तिमी प्रेममय भनी सुनेकी थिएँ
तर जनम अवधिको यो खोजीमा
प्रेम न भेट्टाउन सके ;
तिमीप्रति मेरो अनुराग
जसको निम्ति गरें मैले सर्वस्वत्यांग
वैराग्य-व्यसन
फालिदिएँ सब आभूषण
जीउभरी
धुनीबाट कालिमा दलें
कुरुप भएर
तिमी अरुपलाई
भेट्टाउँछु भनी कति न गरें ।

तिम्रो अनुहार
कहिले पनि छुइनँ देखेको
देखें भने, चिन्ने पो कसरी
यही रै'छ लिखत
यो अभागीको ।

तैपनि, हे अचिन, अजान ! तिम्रै प्रेममा
बौलाहा भएर
घुमी हिंड्छु एक्लो
तिम्रै शुभ नाम जपेर ;

तिमीलाई नभेट्टाए तापनि
तिम्रो प्रेमाग्‍नि-दहनमा
दग्ध भएर
शुद्ध भएँ-
यही सार्थकता, हुन्छ मेरो जीवन-अलखा
त्यसै भयो
इह जीवनमा तिम्रो प्रेमको
तीतो मात्र चाखें ।