भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

अङ्ग अङ्गमा / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

अङ्ग अङ्गमा चल्यो तरङ्ग
ऐना हेर्दा भएँ झसङ्ग

हरेक अङ्ग देख्छु नौलो
ममा कहिले यो वय आयो
छैन आफ्नै मन आफू सँग
ऐना हेर्दा भएँ झसङ्ग

गालामा कस्तो लाली चढेछ
अधर पनि अर्कै भएछ
फेरिई सकेछ मेरो रङ्ग
ऐना हेर्दा भएँ झसङ्ग