Last modified on 16 जुलाई 2017, at 09:22

अनवरतको वर्षा / राजेश्वर रेग्मी


अनवरतको वर्षा र एक्लो थिएँ म
हाम्रै चियो चर्चा र एक्लो थिएँ म

विरोध आफन्तको र तिरस्कारमा पनि
थामें हात सहर्ष र एक्लो थिएँ म

आँसु खसेको झरीमा सधैं नुहाएर
बिते सारा पर्व र एक्लो थिएँ म

थिएनन् मेरो साथ खै, क्वै थिएनन्
तिमी पाउनुको गर्व र एक्लो थिएँ म

सोधेकै हुन् ‘जीवन कसरी बिताउने हो ?’
‘पुर्‍याउँला जसै खर्च’ र एक्लो थिएँ म