भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

अनि पानी पर्‍‌यो / सेपिदा बानिहाशेमी / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

कस्तो धैर्यवान रह्यौ तिमी गए राती ! कस्तो धैर्यवान !

म पक्कै पनि फुट्दो ज्वालामूखी जस्तै देखिएकी हुनुपर्छ, मलाई मेरा मुखबाट लाभा निस्किरएको थाह भइरहेको थियो!

डिनरका बेला मेरो तातेको क्रोधको आवेग सुनेर, आफ्ना आत्मा बेच्ने ती कलाकारलाई कति घृणा गर्छु भन्ने.....
र म फलानो सिस्टमलाई कति घृणा गर्छु !

धैर्यसँग तिमीले मलाई हेर्‌यौ, र शान्तसँग भन्यौ- “धन्य, तिमीले...!"

धन्य ईश्वर, धन्य तिमी, धन्यवाद मलाई! धन्यवाद निकोलस पप्प!
मैले ती तमाम भाँडभैलोमा बाँच्नुपर्दैन!