अनौठो आफ्नोपन / सविता गौतम दाहाल
तिम्रो अनौपचारिकता
एक किसिमको वोल्ने लय
गहिरा आँखा
विस्तारै मन पर्दै गयो ।
छुट्टै व्यक्तित्व
पहिरन शैली, सोचको उचाई
सुन्दर संस्कार
लागीरहयो, संपूर्ण होला तिम्रो परिवार
हरेक हाउभाउ एउटा विशेष प्रभाव पार्दै गयो ।
शुभकामना संदेश पठाएं
उत्तर पाउदै गए
भेटें पटकौ पटक
गरीन, कुनै परिचय
आफ्नोपनको झलक पाएर होला
एक किसिमको आर्कषण वढदै गयो ।
चुस्ती, फूर्ति
रंग र संयोजनमा तिम्रो दक्षता
अक्षर अक्षरमा तिम्रो सरलता
चुपचापको त्यो शालीनता
तिमीलाई चिनेर पनि अन्जान फर्किए
मनभरि आशाको पोको कस्दै यात्रा वित्यो ।
किन भनिरहनु कि
तिमी असाध्यै मन परयो ।
म त भीडको महज कुनै पात्र
मेरो परिचय, कुनै दिन कतैबाट पुग्ला नपुग्ला
तिमी सम्म ।
कलाको सम्मान, कामको ध्यान
कति विध्न हरायौं
जे जस्तो स्वरुपमा देखें बुझें
भित्री हृदयले मन परायो ।
नभन्नुमा जो मजा रहेछ
भन्नुमा कहाँ पाइन्थ्यो होला र
नियाली रहनु , विचारी रहनु
हाउभाउ र हरकत पढिरहनु
अनौठो होला
अव्यक्त यो अनुभूतिमा तिमी पुरै छायौ ।
म जे खोजीरहन्थें
त्यो तत्व , त्यो अंश
त्यो मानवीयपन
एकाएक देखेथें ती आँखामा
यो समय, त्यो क्षण साक्षी छ
अनुभवी यो मनले तिमीलाई मन परायो ।
कुनै छनक छैन तिमीलाई
कसरी चुम्बक वन्यौ
र फलामे धातुझैं म आर्कषित भइरहें
एउटा फरक बन्धनमा तिमी आयौ
क्षणिक नहोला
यो दिलको गहिराइले तिमीलाई मन परायो ।