भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

अन्तिम इच्छा / सविता गौतम दाहाल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


जानाजान हिर्काउने गाई भएतिरै
अघि बढ्नुपर्ने वाध्यता
मर्नु अगाडिनै आङ्खनो लागि कात्रो
किनेर राख्नुपर्ने एक्लोपन
सबै आफन्तलाई राक्षसले खाएपछि
कोही नहिड्ने गरेको गाउँm
पस्ने सोचमा छु
जतै गएपनि समाप्तिकै लागि हो
म मृत्यु उप्रान्त अत्येष्टी चाहन्छु ।

राक्षसको पेटभित्र गुमनाम मृत्यु अँगाल्नुको विकल्प
म त्यहिं गाऊँ पस्दैछु
जहाँ तातो गोली छातीभित्र लाग्न सक्छ
एम्वुसमाथि खुट्टा पर्नसक्छ
पशुझैं दाम्लोमा बाँधिएर
एकोहोरो गोरुभै बाँच्नुपर्ने पनि हुन सक्छ
जेहोस म विधी संस्कारपूर्ण
आङ्खनो अन्त्येष्ठी चाहन्छु
अनायास, अँध्यारो कुवामा विलाउन चाहन्न ।

वेवारिसे नै भएपनि लास हुन चाहन्छु
कसैले सहजै पचाएर
टुक्रा टुक्रामा विलिन भएका
सारा आफन्तको जस्तो ‘अन्त’ म चाहन्न
म मृत घोषित हुन चाहन्छु
सामूहिक नै भएपनि म सम्मानको अन्त्येष्ठी चाहन्छु ।

भयले विस्मृत बनेका ती आँखाहरु
अप्रत्यासित कालको सामु पर्दा
‘आँ’ भएको मुखभित्र सहजै देखिएको रातो ओडार
क्षणभरमै पञ्जाले घाइते भइ निस्तेज बने
आफन्तहरु आहारा वने
आफू कसैको सहारा वन्न नसकी
रुखमाथि चढेर हेरिरहें चुपचाप टुलुटुलु ।

नरभक्षकले डका¥यो
मभित्रको सारा अस्तित्व थरर्र काम्यो
चारखुट्टे कम्मर मर्काउँदै आएतिरैको बाटो फक्र्यो
आत्मसन्तुष्टिको चमक लिएर ।

ईश्वरीय हेराइबाट त उ सहि
प्रकृति विधिबाट त उ साहसी
झसङ्ग भएँ, अनि सम्झें
इतिहास सफलको मात्र कथा लेख्छ
सफलताको मात्र कारण खोज्छ
अहिले,
आङ्खनो मृत्यूलाई न्याय दिलाउन आतुर छु
आफू जस्तो दुईखुट्टेहरुनेर पुग्नु जरुरी भएको छ
आङ्खनो किसिमको झुण्डतिर लम्कीरहेछु
आङ्खनो अन्त्येष्ठीको टुङ्गो गर्न
संघर्षरत छु ।