भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
अन्तिम कविता / विमला तुम्खेवा
Kavita Kosh से
यो हावाको तेज गति भन्दा निष्ठूर
मरुभूमिमा एक्लै उभिरहेँ…
मसँग
न तिम्रो माया छ
न कुनै गुनासो।
जीवन भन्नु मृत्यु रहेछ
भर्खरै भएको बादलको झुण्ड त्यहीँ छ
यी रूख र फूलहरू त्यहीँ छन्
तिम्रो नाममा लेखेको अन्तिम कविता
मसँगै छ
तर, म कोसौँ पर पुगिसकेँ
तिमीले पूरा गर्न नसकेको कसम जस्तै।
कति,
असहज भएँ म तिम्रो पीडालाई बुझ्नै नसक्ने
घाम भन्दा चर्को पीडा लिएर
म, एक्लै जलिरहेँ
मसँग
न तिम्रो माया छ
न कुनै गुनासो।