भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

अन्त्यपर्तिर पनि यो संसार पुरुषको हो / शोलेह वोल्पी / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

एउटी नारी हुँ म, कुनै दुई मत छैन।
पाप हो मलाई हेर्नु
बुर्का लगाउनै पर्छ मैले।
प्रलोपनमा पर्नु हो मेरो स्वर सुन्नु,
मौन राख्नै पर्छ त्यसलाई मैले ।
अपराध हो मैले केही सोच्नु
त्यसैले जान्न हुँदैन मैले केही पनि।
सबै सहनुपर्छ मैले र
चुपचाप मर्नुपर्छ, कुनै गुनासो नगरीकन।
त्यसो भयो भने मात्र प्रवेश पाउनेछु मैले ईश्वरको न्यायालयमा
जहाँ नग्न सुत्नुपर्छ मैले सेता बादलमाथि
रसिला अङ्गुर खुवाउनुपर्छ पवित्र पुरुषहरूलाई
सुनौला सुराहीबाट रक्सी खन्याइदिनुपर्छ तिनीहरूलाई
र गुन्गुनाइदिनु पर्छ प्रेमका गीतहरू।