भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

अन्धाको रङ्ग / अभय श्रेष्ठ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

(राशेल कोरीको प्रेममा एउटा भावुक सम्बोधन)

बिहानीको घामजस्तै
एउटा मुलायम गीत उदाउँछ मेरो मस्तिष्कको कुनाबाट
जब मेरो विश्वासको आयतनभरि भरि
फैलिँदै जान्छ तिम्रो सपनाको रङ ।

जब कमलको पत्रदलमा परेको शीतको सौर्न्दर्य
पोखियो छताछुल्ल प्रचण्ड आँधीले
जब पानीको निर्मल छायाँमा
फैलियो रगतको अनन्त तरंग
जब साँझको शीतल-शीतल समीरमा
बज्न थाले साइरनका भद्दा सुसेलीहरू
त्यसपछि बहन थाल्यो
एक सर्को उत्तरगामी हावा तिनका विरूद्ध
र, मलाई बोध भयो –
न्याय बोल्नुजति
ठूलो सत्य अरू केही हुन्न रहेछ जीवनमा ।

जब नाब्लुस, बेथलेहम र काल्किलियाहरू
परिणत भए खुला मैदानको झ्यालखानामा
जब राफाहको गुलजार बस्तीहरूमा
गुड्न थाले बुल्डोजरहरू पर््रदर्शन गर्दै नांगो नाच
जब मृत्युको सिठ्ठी बजाउँदै
दौडन थाल्यो ज्यानमारा आँधी
अज्ञात गन्तव्यतिर बहने नदीहरूजस्तै
जब आँसु र रगतको कुनै हिसाब रहेन
त्यसपछि पश्चिमबाट उदायो
अन्धाको रङ्गजस्तो न्यायको एउटा घाम ।

जब क्षितिजमा पोखिएको घामको किरणजस्तै
पोखियो अकास्मात् तिम्रो रगत
राफाहको सुनसान सडकमा छताछुल्ल
ओ अमेरिकी युवती !
त्यस बेला मैले देखेँ तिमीलाई संसारकै सुन्दरी
दुनियाँका सम्पुर्ण पाखण्ड प्रदर्शन गरेर
घोषित ब्रह्माण्ड सुन्दरीभन्दा धेरै-धरै सुन्दरी
त्यस बेला मलाई यो सत्य बोध भयो –
मृत्यु वीभत्समात्रै हुँदैन
मृत्यु गान्धी र गेरिबाल्डीको जस्तै
मृत्यु स्पार्टाकस र चे ग्वेभाराको जस्तै
मृत्यु फेरि तिम्रो जस्तै
जीवनका लागि जीवनजस्तै सुन्दर पनि हुँदोरहेछ ।

बसन्तको प्रचण्ड आँधीजस्तै
एउटा व्रि्रोही गीत उदाउँछ मध्यपश्चिमको आकाशबाट
जब राफाहको हरेक चिम्टी माटोमा
फैलिँदै जान्छ तिम्रो रगतको रंग
हो, त्यो सत्य र न्यायको कहिल्यै नमेटिने गाढा रंग ।

(२३ वर्षीया अमेरिकी युवती राशेल कोरीले सन् २००३ अप्रि ल १६ मा राफाहको हि-एस सलाम क्षे त्र मा गरिब प्यालेष्टीनीको घर जोगाउन सत्याग्रह गर्दा गर्दै सहादत प्राप्त गरिन् । प्यालेष्टीनीको घर भत्काउन आएको इजरायली बुल्डोजर फिर्ता गर्न सहस्र बिन्ती गर्दा पनि नलागे पछि उनी बुल्डोजरको अगाडि घुँडा धसेर बसिन् । तर बुल्डोजर रोकिएन र उनलाई कुल्चिँदै घर भत्काउन अगाडि बढयो । यो कविता तिनै यु व तीलाई र्समर्पण गर्न चाहन्छु- कवि)