भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

अर्को अन्धकार / विप्लव ढकाल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

यो रात पनि त्यत्तिकै बित्यो
बिहान अर्को अन्धकार सुरु हुन्छ ।

तिनै आत्मघाती कविताहरू
चन्द्रमा र नदीका आदिम एकालापहरू
त्यही कुरूप शान्ति
र कानुनको मुरलीबाट निस्केका दूषित बाफहरू ।
त्यही विक्षिप्त घाम, त्यही ईश्वर,
त्यही साइकल र त्यही भोक दोहोरिन्छ फेरि ।
त्यही थकाइ, त्यही बन्दुक
र त्यही सम्भोग दोहोरिन्छ फेरि ।
कुकुर रोइरहेको निस्पट्ट अन्धकारमा
त्यही मृत्यु दोहोरिन्छ फेरि ।

यो रात पनि त्यत्तिकै बित्यो
बिहान अर्को अन्धकार सुरु हुन्छ ।