भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

अर्ग / पुष्कर लोहनी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

सम्पूर्ण आफूलाई चोखो राखेर
अझ चन्द्रमालाई साछी
उत्तानो पारेर थापेको अर्ग
यौटा लामो केरा
छोरो पाउने रहरमा लोग्नेलाई प्रसाद ।

चन्द्रमा आफै लाजले पहें ली हुन्छिन्
यौटी पूर्ण नारीलाई अर्ग अगाडि ठिङ्ग उभ्बेको देखेर ।

पूर्णेको रात
पूर्ण जवानी अर्ग जस्तै उत्तानो भइरहेछ
यौटा लामो केराको प्रतीक्षामा ।