भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आँखाभित्र बिलाउँदैन / कृष्णप्रसाद पराजुली

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

आँखाभित्र बिलाउँदैन जति, भाषाभेष
म त आएँ विदेशबाट सम्झी आफ्नै देश
चिल्ला चौडा बाटा देखेँ
आकाश ताक्ने घर
जस्तो देखे पनि मैले
सम्झेँ गाउँघर
हामी उठौँ विकासमा छाड्नु पर्‍यो रेस
म त आएँ विदेशबाट सम्झी आफ्नै देश
सातै सागर तरी गएँ
पातालभूमि टेकेँ
छक्कै पार्ने झिलिमिली
संसार नौलो देखें
गोडा उनै, हात उनै -कामै गर्नु बेस
म त आएँ विदेशबाट सम्झी आफ्नै देश ।